हलेसी (खोटाङ) । रक्षासचिव रेश्मीराज पाण्डेले ३७औं वैवाहिक वर्षगाँठ बुङालुङ पार्क (रकगार्डेन)मा मनाएका छन् । हलेसी दर्शनमा आएका रक्षासचिवले शनिबार बुङालुङ पार्कमा केक काटेर ३७औं वैवाहिक वर्षगाँठ मनाएका थिए ।
हलेसी दर्शनपछि श्रीमतीसहित बुङालुङ पार्क पुगेका उनले केक काटेर वैवाहिक वर्षगाँठ मनाएका हुन् । केक काटेपछि श्रीमतीलाई केक खुवाएका उनले हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईलाई केक खुवाएका थिए ।
सेनाको बाक्लो उपस्थितिमा वैवाहिक वर्षगाँठ मनाइएपछि हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले सचिव पाण्डेलाई निर्माणाधीन बुङालुङपार्क अवलोकन गराएका थिए । बुङालुङ अवलोकन गर्ने पाण्डे अहिलेसम्मकै विशिष्ट पाहुना हुन् ।
रक्षा सचिवको अवलोकन भ्रमणमा नगरप्रमुख राईका स्वकीय सचिव देवराज केसी र समाजसेवी राकेश परियारको समेत उपस्थिति रहेको थियो ।