जयन्द्रकुमार राईले पाए सूर्यमुखी फूल चुनाव चिह्न


दुर्छिम (खोटाङ) । प्रतिनिधिसभा सदस्य पदमा स्वतन्व उम्मेदवारी दिएका जयन्द्रकुमार राईले सूर्यमुखी फूल चुनाव चिह्न पाएका छन् ।

नेकपा एमाले पूर्वप्रमुख सचेतक तथा सांसद विशाल भट्टराईको निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका राईले सूर्यमुखी फूल चुनाव चिह्न पाएका हुन् ।

निर्वाचन आयोगले बुधबार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न दिएको हो ।

खोटाङबाट जयन्द्रकुमार राईसहित आठजनाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’, एमालेतर्फ विशाल भट्टराई, जनता समाजवादी पार्टी नेपालबाट कृष्णकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सर्जु श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट दीपक मगर, नेपाल मजदुर किसान पार्टीबाट भोजराज बस्नेत र आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट चन्द्रमणि राईको अन्तिम नामावली निर्वाचन अधिकृतको कार्यालय खोटाङले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्