चिहानबाट टाउको निकाल्ने संस्कार लोप


“ब्रान्ड” जस्तै बनिसकेको जाल्पा (खोटाङ)को यात्रा मेरा लागि आजभन्दा ९००० वर्षअघिको समयसँग भेटघाट गर्नुजस्तै हुन पुग्यो ।

जाल्पा (खोटाङ) का दुमी राईहरुमा चिहानमा राखेको वर्ष दिनपछि मृतकको टाउको निकाल्ने आदिम संस्कृति थिएछ । त्यसरी निकालिएको टाउको राखिने “डक्ख्ल तुक्दम” ओडार पहिरोले बगाएपछि यो संस्कृति लोप भएको रहेछ । त्यो ओडारको थोरै भाग अझै रहेछ । चिहानबाट यसरी टाउक‍ो निकाल्ने संस्कृति ह्वाङहो नदी (यल्लो रिभर)मा इसापूर्व ७०००-५००० वर्षअघि प्रचलित थियो ।

जाल्पामा चिहानबाट टाउको निकाल्ने संस्कार लोप भए पनि मरेको वर्ष दिनपछि पितृमा लगाउने संस्कार “सेर्मा ग्रान्चेको” चाहिँ अझै जीवित छ ।

पूर्व माननीय टङ्क दाइ (राई)ले “दुमी राईहरुको पितृकार्य पनि हेर्ने हो भने जाल्पा आउनू नि” नभन्नुभएको भए हजारौं वर्ष पुरानो यति महत्वपूर्ण तथ्य कहाँ थाहा पाउनु !

यति भएपछि ढुङ्गामा ठक्कर खाएर बाइकको “स्ट्यान्ड” अड्याउने “स्प्रिङ” नै खुस्केपछि घाँसले बाँध्नु परेको, सडकको हिलोमा अलिअलि जुत्ता रोपेकोलगायत झिनामसिना कुराहरु त अमूल्य सम्झनामा परिणत भैगो नि भोगीजी !

प्रतिक्रिया दिनुहोस्