दुर्छिम (खोटाङ) । नेपाली काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य चक्रकुमार राईले नगर सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेस खोटाङ जिल्ला कार्यसमिति सदस्य राईले हलेसी तुवाचुङ नगरपालिकाको नगर सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
काँग्रेस जिल्ला सभापति नरेश श्रेष्ठ, काँग्रेस महासमिति सदस्य सुवासकुमार पोखरेल, काँग्रेस महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई साक्षी राखेर उनले उम्मेदवारी घोषणा गरेका थिए ।
नेता राईको समूहबाट काशीराज राई, देवेन्द्र राई (उपसभापति), किशोर बस्नेत, कमल गिरी (सचिव), खेमराज कार्की, युवराज कार्की (सहसचिव)का उम्मेदवार बन्ने पक्कापक्की भएको छ ।
काँग्रेस हलेसी तुवाचुङ नगरपालिकाको दोस्रो अधिवेशन भदौ २७ गते तोकिए पनि असोज ९ गतेसम्म सारिएको थियो ।