तुवाचुङ साप्ताहिक कार्यकारी सम्पादक राई खाम्बातिम सचिवमा निर्वाचित



दुर्छिम (खोटाङ) । तुवाचुङ साप्ताहिक कार्यकारी सम्पादक सयन्द्र राई किरात राई चाम्लिङ खाम्बातिम केन्दीय कार्यसमिति सचिवमा निर्वाचित भएका छन् ।

सुनसरीको धरानमा सम्पन्न खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलनले तुवाचुङ साप्ताहिक कार्यकारी सम्पादक राईलाई किरात राई चाम्लिङ केन्दीय कार्यसमिति सचिवमा निर्वाचित गरेको हो ।

एसएलसी उत्तीर्णपछि उच्चशिक्षा हासिल गर्न काठमाडौं पसेलगत्तै उनी सामाजिक संघ संस्थामा आबद्ध भई समाजसेवामा लागेका थिए । किरात राई यायोक्खा काठमाडौं सदस्य, कोषाध्यक्ष हुँदै सचिवसम्मको भूमिका निर्वाह गरिसकेका उनी तुवाचुङ जायजुम संरक्षण समिति सचिवसमेत हुन् ।

यसैगरी, हलेसी प्रतिष्ठानको सदस्य, कोषाध्यक्ष, सचिव हुँदै महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका उनी किरात राई चाम्लिङ खाम्बातिम हलेसी तुवाचुङ नगर सचिवसमेत हुन् ।

नयाँ पत्रिका दैनिकमा लामो समय काम गरेको अनुभव सँगालेका उनी महेन्द्रोदय माध्यमिक विद्यालय महादेवस्थान भूतपूर्व विद्यार्थी मञ्च अध्यक्ष हुन् ।

समाज उत्थानका लागि आफूले सकेको काम गरौं भन्ने उद्देश्यले सामाजिक काममा लागिपरेको उनको स्वीकारोक्ति छ ।
किरात राई चाम्लिङ खाम्बातिम केन्दीय कार्यसमितिको पाँचौं राष्ट्रिय सम्मेलनमा पालिका, जिल्ला कार्यसमिति, ७५ पाछागत, भारतको दार्जिलिङ, सिक्किम र विहारवासी चार सयभन्दा बढी चाम्लिङ राई प्रतिनिधि सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्