त्रिधाम हलेसी


त्रिधाम हलेसी ।जहाँ, एकैठाउँमा तीनवटै धर्मका पितृ, भगवान् र गुरुको सद्भाव प्राप्त गरिन्छ । हलेसी पुगेपछि पितृ–पुर्खाको आशिर्वाद पाइन्छ । विद्या, धन र आयु बढ्छ । आध्यात्मिक शान्ति अनुभूति गर्न सकिन्छ ।

हलेसी धार्मिक सहिष्णुताको खुला विश्वविद्यालय । सांस्कृतिक र धार्मिक सहअस्तित्वका हिसाबले त्यत्तिकै उदाहरणीय । यहाँ किरात, हिन्दु र बौद्ध धर्मावलम्बीले साझा रूपमा श्रद्धा र पूजा–अर्चना गर्छन् ।

पितृ, भगवान् र गुरु मिलेर बसेको संसारकै नमुना ठाउँ । किरातीले हलेसीलाई खुवालुङ मान्छन् ।

हिन्दु धर्मावलम्बीले अलौकिक प्राकृतिक मन्दिर ठान्छन् ।

बौद्धमार्गीले भने पवित्र धार्मिक तथा आध्यात्मिक तीर्थधामका रूपमा श्रद्धा गर्छन् ।

प्रतिक्रिया दिनुहोस्