प्रेस सेन्टर नेपाल हलेसी तुवाचुङ नगर शाखा गठन


दुुर्छिम (खोटाङ) । प्रेस सेन्टर नेपाल हलेसी तुवाचुङ नगर शाखा गठन गरिएको छ । प्रेस सेन्टर नेपाल खोटाङ उपाध्यक्ष असल चरित्रको अध्यक्षता र केन्द्रीय सदस्य डम्बरसिं राईको प्रमुख आतिथ्यमा १२ सदस्यीय नगर शाखा गठन गरिएको हो ।

नवगठित शाखाको अध्यक्षमा खृष्टिका राई चयन भएकी छन् । दिनेश बुढाथोकी, लीला विश्वकर्मा (उपाध्यक्ष), सचिवमा सञ्जु भुजेल
र पासन राई र सञ्जय राईले सहसचिवको भूमिका पाएका छन् ।

यसैगरी, कोषाध्यक्षमा सदीक्षा राई छानिएकी छन् ।

प्रेस सेन्टर नेपाल हलेसी तुवाचुङ नगर शाखा सदस्यमा क्रमशः ललिता राई, नमिला राई, टेलिना राई, सुुदेशचन्द्र राई र वीरेन्द्र राई रहेका छन् ।

प्रेस सेन्टर नेपाल हलेसी तुवाचुङ नगर शाखामा चयन भएका पदाधिकारी तथा सदस्यलाई केन्द्रीय सदस्य डम्बरसिं राई, खोटाङ उपाध्यक्ष असल चरित्रले बधाइ तथा कार्यकाल सफलताको शुुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्