प्रदेश सरकार स्थापनापछि पहिलोपटक सिँचाइ दिवस


विराटनगर (मोरङ) । ‘सिँचाइ पूर्वाधार, कृषि उत्पादन तथा रोजगारीका आधार’ भन्ने मूल नारासहित ६९औं सिँचाइ दिवस मनाइएको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरले प्रदेश सरकार स्थापनापछि पहिलोपटक सिँचाइ दिवस मनाएको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय प्रदेश नम्बर १ विराटनगरका मन्त्री रामकुमार राई ‘पासाङ’का निजी सचिव गणेश कार्कीले जानकारी गराए ।

दिवसका अवसरमा मन्त्रालय परिसरमा मन्त्री राई, सचिव नवीनराज सिंह, सडक पूर्वाधार तथा सहरी विकासका सचिव मोहनराज चापागाईंलगायत कर्मचारीले वृक्षरोपण गरेका थिए ।

सोही अवसरमा रक्तदानसमेत गरिएको थियो । सिँचाइ तथा ऊर्जा महाशाखा प्रमुख रमेशप्रसाद पौडेललगायत २९ जना कर्मचारीले रक्तदान गरेका थिए । रक्तदानलाई जीवनदानसँग तुलना गरिन्छ ।

यसैगरी, सिँचाइ दिवसकै दिन विराटनगरमा रहेको बिग होटल सभाहलमा सिँचाइसँग सम्बन्धित विविध प्रस्तुती प्रस्तुत गरिएको थियो । सक्रिय जल उपभोक्ता समितिलाई सम्मान, वेरुजु फस्र्योट गर्न अहम् भूमिका खेल्ने सम्बन्धित कार्यालयलाई मन्त्रीद्वारा सम्मान गरिएको थियो ।

त्यतिमात्रै होइन, रक्तदान गर्ने कर्मचारीलाई प्रमाणपत्र वितरण गरिनुका साथै विशिष्ट महानुभावले शुभकामना व्यक्त गरेका थिए ।

खानेपानी, सिँचाइ तथा ऊजामन्त्री रामकुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्