पट्ट्याएर झोलाजस्तै बोक्न मिल्ने सौर्य ऊर्जायुक्त टेन्ट



दुर्छिम (खोटाङ) । ड्यानियल ओरोज्को स्कुल जाँदा–फर्कंदा दैनिकजसो सडकछेउमा सुकुम्बासीहरू बसेको देख्थिन् । ओरोज्का पढ्ने स्कुलनजिकै सुकुम्बासी बस्थे । सुकुम्बासीका जनसंख्या बढिरहेको थियो । यो अमेरिकाको सान फर्नान्डो उपत्यकाको कुरा हो ।

ड्यानियला र उनका साथीहरू सुकुम्बासीलाई सहयोग गर्न खोज्थे । उनीहरू कसरी सहयोग गर्न सकिएला भनेर छलफल गर्थे । पैसामात्र दिनु उपयुक्त लागेन । उनीहरू स्वयम् पनि कम आम्दानी भएको परिवारका थिए । उनीहरूले विकल्पमा अरू कुनै तरिकाले सहयोग गर्ने निधो गरे ।

त्यसपछि १२ जना स्कुले युवतीको डीआईवाई समूह स्थापना भयो । समूहसम्बद्धले सुकुम्बासीलाई बासको प्रबन्ध होस् भनेर सौर्य ऊर्जायुक्त टेन्ट अर्थात् पाल तयार गर्ने निधो गरे । जुन पाल पट्ट्याएर झोलाजस्तै बनाउन सकिन्थ्यो । त्यसका लागि युट्युब हेरे । गुगलमा उपाय खोजे । थुप्रै परीक्षणपछि सफल भए ।

यस्तो टेन्ट आविष्कारलाई परिष्कार गर्न उनीहरूलाई म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले १० हजार अमेरिकी डलर पुरस्कार दियो । यो काम सुरु गर्दा १२ जनाले एकले अर्कालाई चिन्दैनथे ।

प्रतिक्रिया दिनुहोस्