माओवादी दुर्छिमबाट प्रदीप राईको नेतृत्वमा मनोनयन दर्ता



साल्तेम्मा (दुर्छिम) । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षमा प्रदीप राईलाई अघि सारेको छ । हलेसी विकास समिति सदस्यबाट राजीनामा दिएर राईले वडाध्यक्षको उम्मेदवारी दिएका हुन् ।

माओवादी केन्द्रले ५ नम्बर वडाबाट खुला सदस्यमा देवेश राई र टोकचन्द्र राईलाई उम्मेदवार बनाएको हो ।

यसैगरी, महिला खुला सदस्यमा गमिता राईले उम्मेदवारी दिएकी छन् । दलित महिला सदस्यमा बदमसरी दर्जीलाई अघि सारिएको छ ।

‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा माओवादी केन्द्र ५ नम्बर वडा दुर्छिमबाट निम्न पदमा उम्मेदवारी परेको छ,’ माओवादी केन्द्र ५ नम्बर वडा कमिटी अध्यक्ष सुजन राईले आह्वान गरे, ‘माओवादी समर्थक, शुभचिन्तक, पार्टी कार्यकर्ता तथा सम्पूर्णले आफ्नो अमूल्य मत दिई अत्यधिक बहुमतले मतले माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराऊँ ।’

प्रतिक्रिया दिनुहोस्