स्थानीय तह निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन



काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताए ।

पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११औं स्मृति सभाका अवसरमा काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन, स्थानीय तहले नै आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन गर्न सक्छ,’ उनको भनाइ छ ।

नेता पौडेलले स्थानीय तहलाई प्रभावकारी बनाउन भ्रष्टाचार रोक्नुपर्ने बताए । आगामी निर्वाचनमा काँग्रेसले भ्रष्टाचारविरुद्धको एजेन्डा अगाडि सार्नुपर्ने उनले सुझाए ।

‘स्थानीय तहले विकासलाई गाउँ–गाउँमा लगेका छन् । विकाससँगै भ्रष्टाचार पनि बढिरहेको छ । यसलाई काँग्रेसले रोक्नुपर्छ,’ उनको ठम्याइ छ ।

तस्बिर सौजन्य : मकालु खबर डटकम ।

प्रतिक्रिया दिनुहोस्