जसपा नेपाल दुर्छिमबाट दयाराम राईको नेतृत्वमा उम्मेदवारी



साल्तेम्मा (दुर्छिम) । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्षमा दयाराम राईलाई अघि सारेको छ ।

‘समृद्ध दुर्छिम बनाउने हाम्रै पालामा, त्यसैले भोट हालौं चिह्न छातामा’ भन्ने नारासहित वडाध्यक्षमा राईलाई पार्टीले अघि सारेको हो ।
जसपा नेपालले ५ नम्बर वडाबाट खुला सदस्यमा जितेन्द्र राई र युकराज राईलाई उम्मेदवार बनाएको हो ।

 

यसैगरी, महिला खुला सदस्यमा कोपिला राईले उम्मेदवारी दिएकी छन् । दलित महिला सदस्यमा दिलकुमारी दमाईलाई अघि सारिएको छ ।

‘दुर्छिमवासीले भोट दिनुहोस्, एक दिनको समय खर्चेर,’ जसपा नेपाल दुर्छिमले वडावासीलाई आह्वान गरेको छ, ‘समृद्ध वडा बनाउनेछौं पाँच वर्षभरि खटेर ।’

सामाजिक व्यक्तित्वसमेत बनाइसकेका युवा नेता दयाराम राई दुर्छिमका लोकप्रिय उम्मेदवार हुन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा युवा नेता राईको लोकप्रियता चुलिँदै गएको छ । वडावासी मतदातामाझ उनी रुचाइएका उम्मेदवार हुन् ।

 

प्रतिक्रिया दिनुहोस्