‘रामकुमारी झाँक्रीले आँसु झार्नुहुन्नथ्यो’


म त्यतिबेला शंकरदेव क्याम्पसको विद्यार्थी थिएँ । उता, गगन थापा त्रि–चन्द्र, रामकुमारी झाँक्री र सुनिता पन्जियारजीहरू पद्मकन्या क्याम्पसतिर । अरू बेला त भेट हुन्नथ्यो । आन्दोलन हुँदा आमनेसामने हुन्थ्यौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा प्रायः सबै सँगै हुन्थ्यौं ।

रानीपोखरीछेउमा भेट भएर मूल्यवृद्धिको विरोध गरिन्थ्यो । राजाले ‘कू’ गरेपछि पनि धेरै समय आन्दोलनमा सँगै सहभागी जनाउँथ्यौं । त्यो तीखो प्रखर बोल्ने गगनजी । अग्ली लामो कालो ज्याकेट लगाएर प्रहरीसँग लड्न कति पनि नडराउने रामकुमारीजी । उनीहरूको छुट्टाछुट्टै प्रभाव थियो । त्यसताका हाम्रा पार्टीहरूलाई उनीहरूको आवश्यकता थियो ।

त्यतिबेला प्रहरीको लठ्ठी भाँच्चिने गरेर पिटाइ खाँदा पनि रामकुमारीजीका आँखा रसाउँदैनथे । यी हरफहरू लेखिरहँदा उनका आखामा आँसु देखें । उनी किन कमजोर भइछन् भन्ने लाग्यो । हिजोकी निडर, आँटिली र साहसी महिला यतिबेला आएर किन कमजोर बनिन् ? सोचमग्न छु । उनको रोदनपूर्ण अनुहार हेर्दा त्यो बेलाकी रामकुमारीजी हो जस्तो लागेन । उनको मन्त्री पद जाँदै गर्दा आँखामा आँसु टिलपिलाए । तर, सत्य के हो भने उनको पार्टीले उनलाई विस्थापित गरेर कुनै श्यामकुमारी ल्याउन सकेन । न त आलेजीको ठाउँमा अरू ल्याउन सक्यो ।

रामकुमारीजीले आँसु झार्नुहुन्न । उनले भन्दा अगाडिका मन्त्रीहरूले न त धेरै काम गरेका छन् । न त आउनेले नै गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्