कहिल्यै नकुहिने च्याउ



खोटाङ । विषालु च्याउ खाएर मानिसको ज्यान गयो भनेर समाचार प्रकाशन तथा प्रसारण भइरहन्छन् । कतिपय अवस्थामा विषालु र खान मिल्ने गुनिलो च्याउ छुट्याउन सकिँदैन । गाउँका अनुभवी मानिसले समेत छुट्याउन नसक्दा यस्तो दुर्घटना हुन्छ ।

च्याउ प्रकृतिमा पाइनेमध्ये उत्कृष्ट खाद्यपदार्थ हो । यो ज्यादै पोषिलो छ र सुपाच्य हुन्छ । यसमा मासुमा भन्दा बढी शक्तिवद्र्धक तत्व पाइन्छ । मानव स्वास्थ्यका लागि असाध्यै काम लाग्ने तत्व पनि यसमा पाइन्छ । तर, विडम्बना धेरै दिन टिक्दैन । च्याउ यति संवेदनशील हुन्छ कि बढीमा दुई दिनभित्रै कुहिन सक्छ ।

यस्तो उपयोगी खाद्यपदार्थ लामो समयसम्म नबिग्रने हो भने क्या गज्जब हुन्थ्यो । अमेरिकाको पेन स्टेटमा च्याउलाई लामो समय बिग्रन नदिने प्रविधि विकास गरिएको छ । ४० प्रतिशत खाद्यपदार्थ यसरी बिग्रेर जान्छन् । क्रिस्पर कास–९ नाम दिइएको यो प्रविधिले खाद्यपदार्थको वंशाणुलाई ‘इडिट’ गर्न सक्छ । अर्थात् छिट्टै कुहिने च्याउजस्ता खाद्यपदार्थमा रहेका तत्वलाई सजिने गरिन्छ । मतलब गाउँले भाषामा खसी बनाइन्छ । त्यो तत्व नभएपछि खाद्यपदार्थ बिग्रने कुरै भएन ।

प्रतिक्रिया दिनुहोस्