खानेपानीमन्त्री मगरद्वारा व्यक्तिगत रूपमा १०० क्वीन्टल चामल वितरण


कञ्चनपुर । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले चार स्थानीय तहलाई १०० क्वीन्टल चालम उपलब्ध गराएकी छन् ।

मन्त्री मगरले निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने पुनर्वास, बेलौरी नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकालाई २५ क्वीन्टलका दरले चामल उपलब्ध गराएकी हुन् ।

मन्त्री मगरले सचिवालयका प्रतिनिधि दीपक तिमिल्सिना, सुन्दर चौधरी, प्रकाश मोक्तानमार्फत स्थानीय तहमा चामल उपलब्ध गराएकी थिइन् । दैनिक ज्याला मजदुरी गरिखाने वर्गलाई समस्या भएपछि राहतस्वरूप उनले चामल उपलब्ध गराएको मन्त्री मगरका स्वकीय सचिव प्रकाश मगरले जानकारी दिए ।

स्वकीय सचिव मगरका अनुसार मन्त्री मगरले व्यक्तिगत रूपमा चामल सहयोग गरेकी हुन् । कोरोना भाइरसका कारण लकडाउनपछि गरिखाने वर्ग निकै अप्ठ्यारोमा परेको जानकारी पाएपछि मन्त्री मगरले चामल उपलब्ध गराउनुभएको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्