बाउले नपढेर दुःख पाए, मैले पढेर दुःख पाएँ


बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ
गाउँमा
बाल हलो जोतिरा’छन्
म सहरमा टाउको जोतिरहेछु
गरेर खानलाई
बाउसँग संसार छ
भोकभोकै मर्न तयार
मसँग अहंकार छ
बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ

प्रतिक्रिया दिनुहोस्