काँग्रेस महाधिवेशन प्रतिनिधि ठकुरीद्वारा २५ हजार सहयोग



दुर्छिम (खोटाङ) । काँग्रेस महाधिवेशन प्रतिनिधि जितेन्द्र ठकुरीले कोरोना कहर दृष्टिगत गर्दै हलेसी तुवाचुङ नगरपालिका नगरस्तरीय विपत् व्यवस्थापन कोषका लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

काँग्रेस महाधिवेशन प्रतिनिधि ठकुरीले हलेसी तुवाचुङ नगरपालिकाको माछापुच्छ्रे बैंक लिमिटेड, हलेसी शाखामा रहेको नगरस्तरीय विपत् व्यवस्थापन कोषको खाता नम्बर ७७०१५२४६५०९१७०६३ मा २५ हजार रुपैयाँ संकलन गरेका हुन् ।

‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि नगरवासीलाई सहयोग पुगोस् भनेर २५ हजार रुपैयाँ सहयोग गरेको हुँ,’ नेता ठकुरीले भने, ‘सहयोग गर्न अरूलाई पनि आह्वान गर्छु ।’

हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख तथा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समिति संयोजकसमेत रहेका इवन राईले गत चैत २२ गते बसेको बैठकलाई सम्बोधन गर्दै सहयोग गर्ने इच्छुकलाई खाता नम्बर ७७०१५२४६५०९१७०६३ मा नगद संकलन गर्न आह्वान गरेका थिए ।

नगर प्रमुख राईले खाद्यसागम्री सहयोग गर्न चाहने इच्छुक व्यक्ति, संघ, संस्थाले वडा र नगरमा सम्पर्क गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्