न त टिफिन बोकी आउँथे हाम्रा पितामाता घुम ओढेर स्कुल गइन्थ्यो, कहाँ पाउनु छाता ! स्कुल जाँदा सधैं हामी मकै खाजा बोक्थ्यौं, पोइसो भेटे किनिखान्थ्यौं
अतीत होस् या वर्तमान यति खेरै लेखे पनि तिमी किन दुख्छौ सानु कथा मेरै लेखे पनि । जिन्दगीको तालमा लेख्छु बेतालमा झनै लेख्छु लेख्दै जाँदा थोरै हुन्छ धेरै लेखे पनि
नधकाई आफ्नै सम्झी मनका कुरा खोल सानु भाग्य कतै छिनिन्छ कि एक बचन बोल सानु । तिम्रा लागि हरपल यो दिल खुला छ सँगै तोक्न मन भए मायाको मोल सानु
आज घरकै आँगनमा छ मेला गजबको टाटे–पाङग्रे कुकुरको भेला गजबको एकै ठाउँ छन् हाँस्ने, रुने र चिच्याउने रमितै छ तुजुकको खेला गजबको ठेगान छैन कैले को, कसको जालमा पर्छ कुखुरो
पैसामा सही गर्छन् कुनै खतिवडा औषधिविना मर्छन् कुनै खतिवडा । वंश एउटै तर पनि भाग्य आफ्नो–आफ्नो नुन बोक्न बेल्टार झर्छन् कुनै खतिवडा । साहुको ऋणले थिचिएर गुमेपछि घरखेत धनेले झैं