आज घरकै आँगनमा छ मेला गजबको
टाटे–पाङग्रे कुकुरको भेला गजबको
एकै ठाउँ छन् हाँस्ने, रुने र चिच्याउने
रमितै छ तुजुकको खेला गजबको
ठेगान छैन कैले को, कसको जालमा पर्छ
कुखुरो छ स्यालको चेला गजबको
पौरख भन्नु मारपिटको सधैं चर्काचर्की
हत्केलामा गरिबको छ ठेला गजबको
चोरऔंला उठेको छ नाक–नाकसम्मै
छली लाप्पा खेल्ने नेताको बेला गजबको