नधकाई आफ्नै सम्झी मनका कुरा खोल सानु
भाग्य कतै छिनिन्छ कि एक बचन बोल सानु ।
तिम्रा लागि हरपल यो दिल खुला छ
सँगै तोक्न मन भए मायाको मोल सानु ।
लजाइ–लजाइ छेउमा आई निहुरेर बस्दाखेरी
जताततै खुल्दै छ हृदयको पोल सानु ।
चोरदाउले कति हेर्छौ मलाई घरिघरी
राम्रो नियत हो भने दुई आत्मालाई घोल सानु ।
हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, दाल्फु खोटाङ