खुसी बोकी उनको सामु बस्न पाए हुन्थ्यो
गोधूलि साँझ भञ्ज्याङ चढ्न पाए हुन्थ्यो ।
गोरेटोमै हराउने भो जिन्दगीको यात्रा
धेरै भयो नभेटेको भेट्न पाए हुन्थ्यो ।
थोरै खुसी पैँचो पाए उनैलाई नै दिन्थें
दुःख–सुख सँगै बसी खोल्न पाए हुन्थ्यो।
देउरालीको देवीलाई पाती चढाउँला।
लालीगुराँस फूल सँगै हाँस्न पाए हुन्थ्यो।