खोटाङका दसवटै पालिकालाई अक्सिजन कन्सन्ट्रेटर



लन्डन (बेलायत) । खोटाङ सेवा समाज (खोसेस) युकेले खोटाङका १० वटै पालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराउने भएको छ ।

भर्चुअल माध्यमबाट हालै सम्पन्न सर्वपक्षीय अन्तक्र्रियामा सहभागीको दृष्टिकोण सुनेपछि खोटाङ सेवा समाज युके अध्यक्ष डा. प्रमोद कोयी राईले जिल्लाका १० वटै पालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराउने घोषणा गरेका हुन् ।

खोटाङका विभिन्न राजनीतिक दलसम्बद्ध नेता, जनप्रतिनिधि, जिल्लाका विभिन्न कार्यालय प्रमुख र पत्रकार सहभागी सर्वपक्षीय भर्चुअल अन्तक्र्रियामा विश्वव्यापी कोरोना महामारीको असर, स्थानीयस्तरबाट भइरहेका नियन्त्रण प्रयास र खोसेसद्वारा जिल्लावासीलाई गरिने सहयोगको पारदर्शिता र प्रभावकारीसम्बन्धमा व्यापक छलफल भएको थियो ।

गाँस काटेर गरेको आर्थिक सहयोग वास्तविक पीडितसम्म पारदर्शी र न्यायोचित ढंगले पुग्नेमा खोसेसले विश्वास लिएको छ । अन्तक्र्रियाबाट प्राप्त सुझाव ग्रहण गर्दै यथाशीघ्र निर्णय गरी वास्तविक पीडितसम्म पारदर्शी र न्यायोचित ढंगले सहयोग पु¥याइनेमा खोसेस विश्वस्त रहेको छ ।

‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ भन्ने नारासहित उसले कोरोना संक्रमित खोटाङवासीको सहयोगार्थ आर्थिक सहयोग संकलन अभियान थालेको हो । अन्तक्र्रियामा २० लाख रुपैयाँबराबरको स्वास्थ्य सामग्री वितरण गरिने समाजकी उपाध्यक्ष भाग्यवती राईले जानकारी गराइन् ।

खोसेस युके अध्यक्ष डा. प्रमोद राईको अध्यक्षतामा सम्पन्न अन्तक्र्रियामा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् सभासद् दुर्गाजयन्ती राई, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य सूर्यबहादुर राई, जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेकपा माओवादी केन्द्र खोटाङ अध्यक्ष पृथ्वी किराती, नेकपा (एमाले) खोटाङ अध्यक्ष रामप्रसाद दंगाल, खोटाङ सेवा समाज युके विशिष्ट संरक्षक एवं संस्थापक तथा काँग्रेस महासमिति सदस्य रविप्रकाश राई र काँग्रेस खोटाङ सचिव ज्ञानेन्द्र जोशीको सहभागिता रहेको थियो ।

यसैगरी, हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राई, नगर उपप्रमुख बिमला राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका नगर उपप्रमुख वीणादेवी राई र जिल्ला अस्पताल खोटाङ प्रमुख डा. वैभव मल्लिकको सहभागिता रहेको थियो ।

संस्थाका तर्फबाट उपाध्यक्षत्रय भगवती राई, प्रसाद राई, भविन राई, सचिवद्वय रोजिना राई, देवेन्द्र खेरेस, कोषाध्यक्ष चन्द्र जयपाल, सहकोषाध्यक्ष सञ्जीव राईका साथै सदस्यमा खिलेन्द्र राई र ढाकबहादुर रानाको सहभागिता रहेको थियो ।

अन्तक्र्रियामा नेपाल पत्रकार महासंघ खोटाङ अध्यक्ष दिलिप खत्री, निवर्तमान अध्यक्ष दमन राई, गोखापत्र दैनिकका सहसम्पादक राजेश राईलगायत सञ्चारकर्मीले सहभागिता जनाएका थिए ।

खोसेस युकेका महासचिव भोलाविक्रम राईद्वारा सञ्चालित अन्तक्र्रियामा सहभागीले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
खोसेसले यसअघि खोटाङलाई सातवटा एम्बुलेन्स र अल्ट्रासाउन्ड मेसिन प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्