अन्धोपन रोक्ने केरा



दुर्छिम (खोटाङ) । अफ्रिकालाई कालाहरूको महादेश भनियो भने अपूरो हुन्छ । पुरातात्विक खोजीले अफ्रिका भनेको मानवको साझा पुर्खा उत्पत्ति थलो पनि हो । अहिले भने विकासका हिसाबले उनीहरूको महादेश अफ्रिका पछाडि परेको छ ।

एक अध्ययनअनुसार अफ्रिकाका पाँच वर्षमुनिका ३० प्रतिशत बालबालि अन्धोपनको सिकार हुने गरेका छन् । यसको एकमात्र कारण हो– भिटामिन ‘ए’ पाइने खानेकुरा अभाव । यो थाहा पाएर क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीले भिटामिन ‘ए’ पाइने सुपर बानाना अर्थात् विशेषखालको केरा विकास गरेका छन् । जसमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ ।

अस्ट्रेलियाका बायोजेनेटिसियन जेम्स डेलले सन् २००० मा युगान्डाको भ्रमण गरे । डेललाई यसका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो । उनको टोली त्यहाँ गएर भिटामिन ‘ए’ पाइने ‘सुपर बानाना’ अर्थात् विशेषखालको केरा विकास गर्ने काममा लागे । उनीहरू सफल भए ।

गाउँका अगुवा छानेर प्रत्येकलाई १० बोट सुपर बानानाको बोट दिए । तर, अगुवाले गाउँका सबैलाई २० बोट केराको नयाँ बिरुवा भने अनिवार्य रूपमा दिनुपर्नेछ । डेलका अनुसार सुपर बानाना सबैले रोपेर खाए भने केटाकेटीको अन्धोपन पूर्ण समाधान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्