पहेंला नङ हुने नपुशंक



नङको आकार र यसको रूपरङले सम्बन्धित मानिसको आर्थिक स्थिति र स्वभाव दर्शाउँछ भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, तपाईंलाई पत्याउन करै लाग्छ ।

‘जसको नङ पहेंला हुन्छन्, ऊ नपुशंक हुन्छ । नङमा धब्बा भएका मानिस राम्रा हुँदैनन्,’ गरुड पुराणमा भनिएको छ, ‘यस्ता मानिसले जीवनमा प्रगति गर्नै सक्दैनन् । उनीहरूको आर्थिक अवस्था सामान्य हुन्छ । टेढामेढा र रेखायुक्त नङ भएकाको आर्थिक अवस्था कहिल्यै उकासिँदैन ।’

रेखा, धब्बाविहीन र चिल्ला नङ भएका मानिस धनवान् हुन्छन् । नङको आकार, औंलाको पहिलो पोरको आधा हुनु उत्तम मानिन्छ । सबै औंलामा कछुवाको पिठजस्तै उठेको हुनु श्रेष्ठतम् मानिन्छ । औंलाको नङ बीचमा उठेको छ भने उसले आर्थिक उन्नतिका लागि जीवनभरि संघर्ष गर्ने संकेत मानिन्छ ।

पुरुषको नङ मासुमा अधिक रेखा नहुनु र गोला नङ भए आर्थिक समृद्धिको सूचक मानिन्छ । त्यस्ता मानिस दिनानुदिन उन्नतितर्फ अघि बढ्छन् । राता, चम्किला, चिल्ला र उठेका नङ हुने महिला शौभाग्यशाली हुन्छन् । त्यस्ता महिला निष्ठावान्समेत हुन्छन् । जीवनमा सुख–सुविधा उपभोग गर्छन् । नङ औंलाभन्दा बाहिर निक्लेका र गुलाबी रङका भए शौभाग्यको प्रतीक मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्