‘प्याड’ होइन ‘पेन्टी’


दुर्छिम (खोटाङ) । नेपाली समाजले मासिक श्रावलाई राम्रो मानेको छैन । यस मामिलामा ऊ पुरातन सोचग्रस्त छ । पश्चिम नेपालमा छाउगोठै बनाइएका हुन्छन् । मासिक श्राव हुँदा त्यहाँ बस्नुपर्छ । छाउगोठमा बस्दा ज्यान गुमाउने महिलाको समाचार प्रकाशन तथा प्रसारण भइरहेकै छन् । कतिपय बलात्कृत हुनुपरेको छ ।

मासिक श्राव सामान्य प्राकृतिक प्रक्रिया हो भन्ने बुझ्न नसक्दा यस्ता दुर्घटना हुने गरेका छन् । मासिक श्राव हुँदा महिलाको स्वास्थ्य कमजोर हुने भएकाले स्वस्थ तथा पोसिलो खाना र हलुका काम गर्न पर्छ भनिन्छ । मासिक श्रावमा निस्कने रगतमा संक्रमण हुने खतरा त्यत्तिकै हुनाले ‘प्याड’ प्रयोग गर्नुपर्छ ।

त्यस्ता प्याडको सट्टा अहिले पेन्टी निर्माण गरिएको छ । जसले प्याडको काम गर्छ । श्रीलंकाका दुई दिदीबहिनी मिकी अग्रवाल र राधा अग्रवालले यस्तो पेन्टी निर्माण गरेका हुन् । थिङ्स नाम दिइएको पेन्टी लगाएपछि मासिक श्रावमा निस्कने रगत बाहिर चुहिँदैन । पेन्टीमै सोसिन्छ ।

यसलाई धोएर पुनः प्रयोग गर्न सकिन्छ । प्याड एकपटकमात्रै प्रयोग गर्न सकिन्छ । यो पेन्टी पुनः प्रयोग गर्न सकिने भएकाले आर्थिक रूपमा भार पनि पर्दैन । खासमा तेस्रो विश्वका बासिन्दाका लागि यो उपयोगी उत्पादन हो ।

प्रतिक्रिया दिनुहोस्