कान्छी सागलाई कतिपयले ‘माओवादी झार’ भनेको सुनिन्छ । धेरैले घाँस भनेर बेवास्ता गर्छन् । हाम्रा करेसा र पाखापखेरामा निःशुल्क पाइने यो स्वादिलो र अत्यन्त गुणकारी अर्गानिक तरकारी हो ।
यसको स्वाद बेथे वा पालुंगोको जस्तै हुन्छ । यसबाट भिटामिन ‘सी’, ‘ए’, आइरन र फाइबर प्रशस्त पाइन्छ । ‘सी’ले कार्बाेहाइड्रेट र प्रोटिन पचाउन तथा ‘ए’ले आँखा स्वस्थ राख्न मद्दत गर्छन् ।
आइरन प्रशस्त पाइने हुनाले एनिमिया, लो हेमोग्लोबिन, फाइबर प्रशस्त हुनाले पायल्स, कब्जियत र सुगरको असरदार ओखतीका रूपमा गाउँघरमा यसको प्रयोग गरिन्छ ।
तस्बिर राम्ररी हेर्नूस् र भेट्दा टिपेर ल्याइहाल्नूस् । साग महँगो भएर किन्न सकिएन भनी चिन्ता नगर्नूस् ।