सद्भाव राईको काठमाडौं घुमघाम



विद्यालयले गर्मी बिदा दियो । बिदाको समय सदुपयोग गर्न ममीसँग काठमाडौं गयौं । सुनसरीको इटहरीभन्दा काठमाडौंमा शीतल रहेछ । शीतल ठाउँमा केही दिन बस्न पाउँदा कम्ती रमाइलो लागेन ।

काठमाडौंमा रहँदा विभिन्न ठाउँ घुम्न पुगें । ममीले काठमाडौं बौद्ध पुर्याउनुभयो । बौद्धपछि पशुपतिनाथ घुम्यौं । पशुपतिनाथबारेमा ममीले धेरै कुरा सुनाउनुभयो । ममीले सुनाउनुभएको धेरैजसो कुरा बिर्से पनि पशुपति घुमेको सम्झना छँदै छ ।

सद्भाव राई

काठमाडौं पुगेको तेस्रो दिन ललितपुरको जाउलाखेलमा रहेको चिडियाघर पुग्यौं । चिडियाघर घुम्दा कहाँ–कहाँ पुगेजस्तो लाग्यो । मजस्ता विद्यार्थी शनिबार चिडियाघर पुग्दारहेछन् । कतिपय काठमाडौंबाहिरबाट शैक्षिक भ्रमणमा पुगेका रहेछन् ।

चिडियाघरबाट बाहिरिएपछि सुन्धारा पुग्यौं । गोरखा भूकम्पले भत्काएको नौतले धरहरा बनाउने सुरसार थिएन । सुन्धारामा पानी थिएन । रानीपोखरीमा समेत पानी देखिएन । रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर निर्माण गर्नुपर्ने भएकाले रानीपोखरीको पानी फालिएको रहेछ ।

चौथो दिन स्वयम्भू पुग्यौं । लगत्तै म्युजियम घुम्यौं । दशरथ रंगशाला बाहिरबाटै हेर्यौं । बूढानीलकण्ठको दर्शन गर्न छुटाएनौ ।

पाँचौं दिन आराम गर्यौं ।

छैटौं दिन काठमाडौंलाई बाइबाइ गर्यौं । त्यतिबेला काठमाडौं घुमेको हिजैजस्तै लाग्छ ।

प्याराडाइज बोर्डिङ स्कुल तरहरा, सुनसरी ।

प्रतिक्रिया दिनुहोस्