नपढ्नाले लाइदैनथ्यो अंग्रेजीमा गाता


न त टिफिन बोकी आउँथे हाम्रा पितामाता
घुम ओढेर स्कुल गइन्थ्यो, कहाँ पाउनु छाता !

स्कुल जाँदा सधैं हामी मकै खाजा बोक्थ्यौं,
पोइसो भेटे किनिखान्थ्यौं मिठाइ दाना राता ।

बिहान उठी दुई भारी त घाँस काट्नै पथ्र्याे,
नत्र टुट्थ्यो दूध, दही र घ्युसँगको नाता ।

विद्यार्थीलाई लिन गाडी घरै आउँछ अहिले
पढ्न हामी १२ घन्टा हिड्थ्यौं हरेक साता ।

गृहकार्य नगर्नेलाई सजाय हुन्थ्यो यस्तो !
गुरुबाले घाममा राख्थे, फर्काउँथे पाता ।

महिना दिनमै थोत्रो पाथ्र्यौं त्यो नेपाली किताब,
नपढ्नाले लाइदैनथ्यो अंग्रेजीमा गाता ।

अहिले साह्रै सजिलो छ पैसा झिक्न राख्न,
त्यो बेला त पुग्नैपथ्र्याे जहाँ छ बैंक खाता ।

प्रतिक्रिया दिनुहोस्