दैनिक १० चुरोट पिउने कछुवा



चीनको मिडिया रिपोर्टका अनुसार च्याङचुन गाउँको आसपासमा निकोटिन एडिक्टेड कछुवा बस्ने गर्छ । जसले दिनमा करिब १० चुरोट पिउने गर्छ । कछुवाको मालिक भन्छन्, ‘जब यो कछुवालाई चुरोट पिउन मन हुन्छ तब यो चल्मलाउन थाल्छ र आवाज पनि निकाल्ने गर्छ ।’

करिब दुई महिनाअगाडि जब उसको दैनिक आहार माछा खान मन गरेन तब उनले के भयो भनेर हेर्दा कछुवाको पेटमा कुखुराको तीखो हड्डी गाडिरहेको थाहा पाए । जब त्यो हड्डी निकाल्ने कोसिस गरे तब पीडाका कारण कछुवाले मालिकको हातको औंला टोकिदियो ।

कछुवाको ध्यान अन्त कतै नमोडीकन त्यो हड्डी निकाल्न नसकिने उनको ठहर भयो र आफूले सल्काएको चुरोट कछुवाको मुखमा हालिदिए र टोक्न दिए । चुरोटको पिल्टरलाई कछुवाले निकै समयसम्म टोकिरह्यो । जसको कारण हड्डी निकाल्न सके । दोस्रो दिन कछुवा नजिकै भएको कुर्चीमा बसेर उनले चुरोट सल्काए । जब कछुवाले धूवाँ देख्यो त्यो मालिकमाथि नै चढ्यो र उनले त्यही चुरोट फेरि कछुवाको मुखमा हालिदिए ।

यसरी दैनिक रूपमा रमाइलोका लागि पनि उनले कछुवालाई चुरोट दिन थाले । आपूmले कछुवालाई अम्मली बनाएको कुरा बल्ल थाहा पाए र हाल दैनिक सो कछुवालाई दसवटा सम्म चुरोट दिनुपर्ने भएको छ । नत्र उक्त कछुवा कराएर हैरान पार्ने कछुवाका मालिकको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्