समयमा नसुत्ने बालबालिका धेरै मोटो, बालबच्चा मोटाउन नदिन यसो गर्नुहोस्



तपाईंको बच्चा अस्वाभाविक रूपमा मोटाउँदै गएकाले चिन्तित हुनुहुन्छ । त्यसो हो भने चिन्ता गर्न पर्दैन । तर, तपाईंले आफ्नो बच्चालाई समयमा खाना खान दिनुपर्छ । त्यतिमात्रै होइन, समयमा सुत्न दिने र खेल्नका लागि निश्चित समय तोकिदिने हो बालबच्चालाई अस्वाभाविक रूपमा मोटाउन पाउँदैनन् ।

अमेरिकाको ओहियो स्टेट विश्वविद्यालयप्रमुख लेखक सारा एन्डरसनका अनुसार विद्यालय प्रवेशको उमेरमा बालबालिकाको दिनचर्या उनीहरूको स्वास्थ्य विकाससँग जोडिएको हुन्छ । तीनदेखि पाँच वर्षका तीन सय बालबालिकामा गरिएको सो अध्ययनमा उनीहरूको सुत्ने उठ्ने, खाना खाने, खेल्ने र टीभी हेर्ने समयको विश्लेषण गरिएको थियो ।

समयमा नसुत्ने बच्चा ११ वर्षबाट मोटाउन थाल्ने अध्ययनले देखाएको छ । समयमा सुत्ने बालबालिकाभन्दा समयमा नसुत्ने बालबालिका धेरै मोटो हुने अध्ययनको निष्कर्ष छ ।

 

प्रतिक्रिया दिनुहोस्