हाँसिरहनेको ‘ब्लड प्रेसर’ सन्तुलित



‘जो दिल खोलेर हाँस्छ,’ स्वास्थ्य विज्ञानले भन्छ, ‘ऊ धेरै बाँच्छ ।’ दिल खोलेर हाँस्नु भनेको औषधि नै हो भनिन्छ ।

हाँसोको महत्व धेरैलाई थाहा भए पनि हाँस्न कन्जुस गर्नेको बाहुल्य छ । सुविधासम्पन्न देशमा हास्य क्लब खोलिएका हुन्छन् । हास्य क्लब खोल्नु भनेको हाँसोको महत्व दर्शाउनु हो । त्यसमा कसैको विमति नरहला । भनिन्छ, ‘कुराकानी गर्दाभन्दा हाँस्दा ६ गुना बढी अक्सिजन लिन सकिन्छ ।’

तनावमा रहेकालाई हाँसिरहने सल्लाह दिनुको अन्तर्य पनि त्यही हुनुपर्छ । हाँस्दा शरीरमा रक्तप्रवाह तीव्र हुने बताइन्छ । हाँस्दा क्रोध उत्पन्न हुँदैन । हाँस्दा आत्मसन्तुष्टि मिल्छ । शरीरमा स्फूर्ति बढ्छ । हाँस्दा उत्साह सञ्चार हुन्छ ।

‘हाँस्दा ब्लडप्रेसर कम हुन्छ,’ भनिन्छ, ‘हाँसोले मांशपेसीमा चाउरीपन कम गर्छ । हाँसोले पीडा हल्का हुन्छ । हाँस्नेहरूको शरीरमात्रै होइन, मस्तिष्कको समेत ‘एक्सरसाइज’ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्