नियमित यौनसम्पर्कले टाउको दुखाइ कम



संसारका धेरै मानिस एकापट्टि मात्रै टाउको दुख्ने समस्याले पीडित छन् । धेरै औषधिमुलो गर्दा पनि समस्या ठीक नहुने र यसले गर्दा शारीरिक तथा मानसिक चिन्ता बढाउने गरेको अध्ययनले देखाएको छ ।

‘माइग्रेन’ तथा ‘कलस्टर’ रोगबाट पीडित त्यस्ता धेरै मानिसलाई समेटेर तयार पारिएको एक प्रतिवेदनअनुसार यो समस्याबाट मुक्ति पाउने सजिलो उपाय भनेको यौनसम्बन्ध रहेको छ ।

बेलायतका शोधकर्ताले यस्ता रोगबाट पीडित एक हजारभन्दा बढी मानिसलाई सोधेका प्रश्नमा नियमित यौनसम्बन्ध राख्दा आंशिक तथा पूर्ण रूपमा समस्या निदान भएको बताएका छन् ।

यौन सम्पर्कका समयमा ‘इन्डार्फिन हार्माेन’ स्राव हुने हुँदा यसले स्वतः टाउको दुखाइ कम गर्ने जर्मनीका मन्स्टर विशवविद्यालयका शोधकर्ताको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्