विनाताल, विनादर्शक, नाँच्ने दिन आयो



दुनियाँमा आज एक्लै, बाँच्ने दिन आयो
विनाताल, विनादर्शक, नाँच्ने दिन आयो ।

मान्छे आज मान्छेबाटै, भाग्ने दिन आयो
आफ्नोसँग आफैँ बिदा, माग्ने दिन आयो ।

विनाखुसी, विनाकारण, हाँस्ने दिन आयो
विनाताल, विनादर्शक, नाच्ने दिन आयो ।

मान्छेले नै समाजलाई, छोड्ने दिन आयो
सामाजिक सम्बन्धलाई, तोड्ने दिन आयो ।

आफ्नो खुसी आफैँलाई, साँच्ने दिन आयो
विनाताल, विना दर्शक, नाच्ने दिन आयो ।

तीज गीत

तिमी पर्यौ बाहुन पुत्री म परेँ राई
हामी दुवै भाग्यमानी एक अर्कालाई पाई

यसपालिको तीजमा घरजम गरौँ
जातभात छुवाछूत कुरीतिलाई तोडौँ

म छोड्छु जाँड रक्सी तिमी छोड खसी
जीवनभरि माया गर्दै बाँचौ हाँसी–हाँसी

रातो सारी रातै टीका आफ्नो खुसी लाऊ
आफ्नै हातले पकाएर आफ्नो खुसी खाऊ

लाज संकोच नमानी अँगालोमा आऊ
हामी दुवै बराबरी नछोऊ मेरो पाऊ ।

 

प्रतिक्रिया दिनुहोस्