मुकामजति हटाएर गाउँमै सबथोक चल्छ



अति व्यस्त सहरमा मुटु कसरी चल्छ
प्रेसरको यस्तो चापमा नसा पड्किन्छ ।

जताततै अस्तव्यस्त खचाखच भीड छ
मुकामजति हटाएर गाउँमै अस्पताल चल्छ,
अति व्यस्त सहरमा मुटु कसरी चल्छ ?

यात्रा गर्ने छैन पर्यटक आगमन हुँदै थप्प
बनाऊँ अर्को दुई/चार विमानस्थल चल्छ,
अति व्यस्त सहरमा मुटु कसरी चल्छ ?

धान्दैन है यो प्रणाली पञ्चायतजस्तै ढल्छ
युगसँगै फराकिलो गाउँमै हाइवे चल्छ,
जताततै अस्तव्यस्त खचाखच भीड छ
मुकामजति हटाएर गाउँमै सबथोक चल्छ ।

प्रतिक्रिया दिनुहोस्