उघारेर खुवालुङ मुन्दुम फलाकी
आयौं तमुर सुनकोसी दोभानै टेकी ।
आए पुर्खा उधिन्न उधैं छिचोलेर
चोमलुङको छानामुनि शीतल ओढेर,
सभ्यताको शिखर थियोे उहीँ बगेको
सात समुद्र जे भए नि हिमाल पग्लेको,
खोस्रेर आवाद खोरिया फाँडेको
फाँट, पहाड जरा आफ्नै रोपेको ।
तरिआए नदी सबै सर्दै माथि चढेर
बगिगए कैयौं पुर्खा एक बिस्मात् बनेर,
खोक्चिलिपा रिनाखा हुन् है हाम्रा पुर्खा
नबिर्सौं है तान बुन्ने हुन् किरात बिर्ता ।
उघारेर खुवालुङ मुन्दुम फलाकी
आयौं तमुर, सुनकोसी दोभानै टेकी ।