मनदेखि माया गर्ने मान्छे किन टाढिन्छौ



आँखाभरि, मुटुभरि केवल तिम्रै माया
जता हेरूँ देख्छु मैले तिम्रै तिम्रै माया ।

मेरो कल्पनामा तिमी, मेरो धड्कनमा तिमी छौ
किन–किन तिमीले लुकेर हेर्ने गर्छौ ।

आईदेऊ तिमी किन लज्जाउँछौ
मनदेखि माया गर्ने मान्छे किन टाढिन्छौ ।

मेरो जिन्दगी तिम्रै आशा र विश्वासमा चलेको छ
भनेर थाहा छ मलाई दुःख पर्दा तिम्रो साथ पाइन्छ ।

तिमी नै मेरो हौ भन्ने सोचेको छु मैले
जिन्दगीमा खुसीले रमाउन सिकेको छु मैले

तिम्रो लागि प्रिय जे पनि गर्न सक्छु
हाँसीखुसी साथमा यो जिन्दगी बिताउन सक्छु ।

दिपायल सिलगढी नगरपालिका–२ दिपायल डोटी

प्रतिक्रिया दिनुहोस्