पानी पर्यो बादलको पसिना
रोईकन देखायो असिना
गहभरि आँसुले भरियो
मायालु बोलीले यो चित्त काटियो
संरक्षण गरौं जाँतो र ढिकी
पुर्ख्यौली मेसिन यो मेरो बिन्ती
मातृभाषा के भई हरायो
बोल्न खाँचो भएर सतायो
ढुंगा खानी, बालुवा खानी
हुन्छ विकास विनाराजारानी
मेरो कुरा सुनिदेऊ नानी
बुझिदेऊ है सबैले यो कहानी ।
हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम खोटाङ ।