मरुभूमिमा १ लाख २० हजार खजुर


ग्रेट ग्रीन वालको महत्वाकांक्षा सुन्दा अचम्म लाग्छ । अफ्रिकी क्षेत्र साहेलमा मरुभूमिकरणसँग लड्न अफ्रिकाभरि विशाल हरियाली क्षेत्र (ग्रीन बेल्ट) बनाएका छन् ।

अफ्रिकी मुलुकहरूको परिषद् (अफ्रिकन युनियन) ले मरुभूमिमै १ लाख २० हजार खजुर (पाल्म ट्री) लगाएका छन् । चरम मौसम प्रतिरोधी अन्य रूख रोपेर सुक्खा भूमिको मुटुमा एउटा जंगल जागिरहेको छ । त्यो हरियो वनमा परिणत हुँदै छ । ती रूखहरू मरुभूमिका हरित्, जीवित नायकमात्रै होइनन् कि मानव समुदाय, आगामी पुस्ता र बाँकी विश्वले सिक्न सक्ने महानायकहरू हुन् !

ती रुखले माटोलाई पुनरुत्थान गर्छन् । स्थानीय समुदायलाई फलफूल र तरकारी, औषधिको स्रोत दिन्छन् । जीवलाई चारा र बहुमूल्य सामग्री प्रदान गर्छन् । यहाँ रोपिएका प्रत्येक रूख हरियालीका खम्बा त हुन् नै ती अधिक मानव समुदायकै लागि पनि दिगो भविष्यका लागि उदाहरणीय हुन् !

प्रतिक्रिया दिनुहोस्