सुन प्रतितोला ९५ हजार नजिक, अहिलेसम्मकै उच्च मूल्य


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको हो ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० तोकिएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्