जनहित सहकारीको ११औं साधारणसभा सम्पन्न



हलेसी (खोटाङ) । श्री जनहित हलेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ११औं साधारणसभा गरेको छ । सहकारी सञ्चालक हुँ भन्ने नसक्ने अवस्थामा साधारणसभा सम्पन्न गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

आर्थिक तथा सामाजिक गतिविधिलाई सरलीकृत गर्ने उद्देश्यसाथ स्थापित जनहितकोे कुल पुँजी १ करोड ३ लाख ९२ हजार ६३ रुपैयाँ रहेको छ २९ हजार २ सय ४२ सेयर कित्ता रहेको सहकारीको ११औं साधारणसभामा जानकारी गराइएको थियो । कर्जा लगानी भने ८३ लाख ६४ हजार ८ सय ६५ रहेको छ ।

२ लाख ८९ हजार ४२४ रुपैयाँ ४३ पैसा मुनाफा गरेको उसले प्रतिसेयर ७ रुपैयाँका दरले लाभांश वितरण गरेको थियो ।

‘असार मसान्तसम्ममा कुल पुँजी एक करोड ५० लाख पुर्याइनेछ,’ श्री जनहित हलेसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष सयन्द्र राईले साधारणसभामा प्रतिबद्धता जनाए, ‘यसैगरी, कम्तीमा ३५ हजार सेयर कित्ता र एक करोड २५ लाखसम्म कर्जा लगानी गर्ने प्रयत्न गरिनेछ ।’

 

सहकारीले कृषि, व्यापार तथा सीपमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको छ । उसले आईएमई, हिमाल रेमिट, वेस्टर्न युनियन मनी ट्रान्सफरमार्फत विप्रेषण सेवा सञ्चालन गर्दै आएको छ ।

सहकारीसम्बद्ध महिला सेयर सदस्य प्रसूति हुँदा पाँच सय रुपैयाँ पोषण खर्च र बच्चाको नाममा उज्ज्वल भविष्य खाता खोली दुई हजार पाँच सय उपलब्ध गराउँदै आएको छ । यसपटक सोनिया राईलाई सो सुविधा प्रदान गरिएको अध्यक्ष राईले जानकारी गराए ।

११औं साधारणसभामा उत्कृष्ट बचतकर्ता मैयाँ राई, भगवती कटुवाल, डिल्ली बस्नेत, दिलिप राजा गिरी, अनिलकुमार साह र नयन राईलाई सम्मान गरिएको थियो ।

यसैगरी, उत्कृष्ट ऋणीमा विनिता राई, सुदीप राई, निरेश राई र नम्रत गिरीलाई समेत सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्