कति राम्रो खोटाङ जिल्ला


कति राम्रो खोटाङ जिल्ला
सदरमुकाम दिक्तेल बजार
रूपाकोट शिर बनाई
तापखोला बग्छ हजुर

लेकमाथि लालीगुराँस
बेंसी खोला सुसाउँछ
घाँसदाउरेको मीठो भाषा
सबैको मन रसाउँछ
कति राम्रो खोटाङ जिल्ला

धान, कोदो झुलिदिन्छ
खेतबारी कान्लाभरि
जुहारीमा गम्किदिन्छ
हाटबजार उसैगरी
कति राम्रो खोटाङ जिल्ला

प्रतिक्रिया दिनुहोस्