हजुरैको तस्बिर आयो गलैँचामा


मलाई खोज्नु भो कि ठाँटी फलैँचामा
हजुरैको तस्बिर आयो गलैँचामा ।

जति उन्छु धागो उति गाँठो पर्छ
फुकाउँ भन्छु गाँठो आफैँ आँसु झर्छ
फूल खोज्नु भो कि रित्तो बगैँचामा
हजुरैको तस्बिर आयो गलैँचामा ।

जति धुन्छु धागो उति धूलो मैलो
कर्म दुखियालाई दुःखै देउसी भैलो
मन दुखाउनु भो कि साकेवामा
हजुरैको तस्बिर आयो गलैँचामा ।

प्रतिक्रिया दिनुहोस्