सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५००


काठमाडौं । सुनचाँदी बजारमा बुुधबार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ५०० ले बढेर १ लाख ५हजार ५०० पुगेको छ ।

केही दिनदेखि बढिरहेको सुनको कारोबार मूल्य बुधबार नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेंलो धातु अघिल्लो दिन प्रतितोला १ लाख ३ हजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार बुधबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार तोकिएको छ । जसको मूल्य मंगलबार प्रतितोला १ लाख दुई हजार ५०० थियो ।

त्यस्तै, बुधबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४५० पुगेको महासंघले जनाएको छ । उसले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुुधबार सुन प्रतिऔंस २ हजार ५० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्