४७ वर्षअघि बनेको १ किलोको मोबाइल


काठमाडौं । के तपाईंलाई थाहा छ– तपाईं हामीले प्रयोग गर्ने मोबाइल पहिलोपटक कहिले प्रयोग भएको थियो ? त्यसबेला मोबाइल कस्तो देखिन्थ्यो होला ?

मोबाइलको पहिलो प्रयोग ४७ वर्षपहिले १९७३ अप्रिल ३ मा भएको थियो । मोटोरोला कम्पनीका पूर्वउपाध्यक्ष तथा डिभिजन म्यानेजर मार्टिन कुपरले मोबाइल प्रयोग गरेका थिए ।

त्यसबेला कुपरले न्युयोर्कको हिल्टन होटलमा दुनियाँको पहिलो सेलफोनबाट कुरा गरेका थिए । सलफोनको नाम मोटोरोला डायना टीएसी थियो । कुपरले डायना टीएसीको प्रयोग बेल लेब्सका हेड अफ रिसर्चको कल गरेका थिए ।

त्यहींबाट सञ्चार क्रान्ति सुरु भएको बताइन्छ । मोटोरोला डायना टीएसीको लम्बाइ १० इन्च र तौल एक किलोको थियो । फोनको ब्याट्री २० मिनेटसम्म चल्थ्यो । पूर्वनौसैनिक एवम् इन्जिनियर कुपरले १९५२ मा मोटोरोला कम्पनीमा काम सुरु गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्