कति तर्नु यो आँसुको शाली नदी मैले


कति तर्नु यो आँसुको शाली नदी मैले
विनाजँघार तर्नैपर्ने खाली नदी मैले।

दुई आँखामा दुईटा मुहान दुईटै पारी कुलो
चिउँडो दोभान छाती कोसी बन्छ आफैं ठूलो
यस्तो कोसी फड्को मारूँ फड्कै रोशीफेरो
भाग्य भन्छ फड्को मार्न काँ लेख्या छ तेरो ?

दुःखसँग पौंठेजोरी खेल्ने दुःखै झेल्ने
खोटो मोहर मै परेछु कतै नचल्ने
भए पनि खोटी मोहर सग्लै ठानुँला
दुनियाँको दस–दुःख आफ्नै मानुँला।

प्रतिक्रिया दिनुहोस्