सातुबाटै शुभलाभ


माइजोगमाई गाउँपालिकाका जितेन्द्र अधिकारीलाई आफूले गरेको कामबाट सन्तुष्टि मिलेन । कहिले कता, कहिले कता । न काम गरेअनुसार कमाइ हुन्छ, न सन्तुष्टि । सुरुमा ठेक्कापट्टाको काम गरे । कमाइ हुनु त कहाँ हो कहाँ, उल्टै खर्च । एउटा सीमित घेरामा बसेर काम गर्न अधिकारीको चित्त बुझेन ।

केही समय युनिटी नामक संस्थामा काम गरे । कमाइ राम्रै थियो । कमाएको रकमले खान पुगेकै थियो । परिवार पालिएकै थिए । श्रीमती लक्ष्मी पनि युनिटी संस्थाकै क्यान्टिनमा काम गर्थिन् । युनिटी संस्था बन्द भएपछि उनको परिवारलाई हातमुख जोर्ने समस्या फेरि बल्झियो । जीवनमा अनेक समस्या आए पनि उनले त्यही समस्याभित्रैबाट उपाय रचे ।

बालबालिकाले विद्यालयमा खाजा लैजाने वस्तुबारे हरेक परिवारमा चिन्ता हुने गथ्र्याे । विद्यार्थीले खाजाका नाममा बाबुआमासँग दिनहुँ रकम मागेको देखे । सुने । जति पैसा दिए पनि उनीहरूको चित्त बुझ्दैनथ्यो । उनलाई लाग्थ्यो, “एकातिर पैसाको नाश, अर्कातिर तयारी खाजाले गर्दा स्वास्थ्यमा खराब ।” बजारका तयारी खानपानमा बालबच्चा झुम्मिएका देख्दा उनी चिन्तित हुन्थे । यत्तिकैमा उनले सोचे, ‘विद्यार्थीका लागि केही अर्गानिक खाजा बनाउने । के बनाउने ? कसरी बनाउने ? अनेक प्रश्न उठे ।’

यत्तिकैमा बाल्यकालमा औधी मन पर्ने सातुको सम्झना आयो । गाउँको सातु, त्यो पनि मकैको । उनले बालबच्चालाई खाजा पनि हुने, आफूलाई रोजगारी पनि । अर्काको अफिसमा काम पनि गर्नु नपर्ने । एकातिरबाट स्वस्थवद्र्धक र अर्कातिर परम्परागत खानाको मोह ।

जितेन्द्रले आफूमात्रैले यो कुरा गर्न चाहनुभएन । माइजू नाता पर्ने सेवी राईलाई पनि यसबारे कुरा राखे । राईले पनि जितेन्द्रको कुरालाई स्वीकारिन् । जितेन्द्र र सेवी मिलेर उद्योग खोल्ने निर्णयमा पुगे । उद्योग खोल्ने कुरा सजिलो थिएन । न उद्योगको ज्ञान, न बजारको जानकारी, सबै कुरामा दुबै जना अनभिज्ञ थिए । तैपनि उनीहरू यसैमा डटेर लागे ।

उनीहरूले सातु उद्योग खोले । उद्योगमा मकैमात्र होइन गहुँ, कोदो, चना, भटमास, बदाम, जौमिश्रित बनाउन थालियो । सुरुमा पाँच लाख रुपैयाँको लगानीमा व्यवसाय सुरु भयो । सुरुवातमा सातुले खासै बजार लिन सकेन । तैपनि हिम्मत हारेनन् ।

तीन वर्षअघि उद्योग खोल्दा जितेन्द्र र सेवीले अनेक भनाइ सुन्नुपर्यो । आधुनिकतामा रमाएको सहरी क्षेत्रमा सातु नौलो थियो । धेरैले प्रयोग गर्न चाहँदैनथे । फाट्टफुट्ट इलाम बजारमा बिक्न थाल्यो ।

अहिले सुमीले घरायसी कारण उद्योगको काम छाडेपछि जितेन्द्र आफैंले सबै काम गरिराखेका छन् । खाद्यवस्तु मात्र होइन, जडीबुटीजन्य वस्तु मिसेर सातु बनाइन्छ । उनको उद्योगमा पाँचथरबाट मकै, तराईबाट गहुँ, इलामको चमैताबाट जौ ल्याएर त्यसलाई पिसी सातु बनाउने गरिन्छ ।

उद्योगमा एकैकिसिमको होइन, फरक–फरक तवरको सातु बनाउने गरिन्छ । कुनै कोदोको पीठो मिश्रित, कुनै मधुमेहको बिरामीले खान मिल्ने ‘सुगर फ्री’ सातु । जितेन्द्र भन्छन्, ‘‘स्वास्थ्यवद्र्धक सामग्रीमात्र बेच्छु । जडीबुटीजन्य पदार्थ बढी प्रयोग गर्छु ।’’ अडिलो र पौष्टिक तत्व भएको खाद्यवस्तु भएकाले पछिल्लो समय धेरै माग हुने गरेको उनको भनाइ छ ।

अहिले उद्योगमा उनले अर्का एकजनालाई रोजगारी दिएका छन् । शनिबार, शुक्रबार श्रीमती र छोरीहरूले पनि सहयोग गर्छन् । पारिवारिक सहकार्यमै उद्योग चलेको छ । उद्योगको काम झन्झटिलो छ । तर, उनले झन्झटिलो मान्दैनन् । परिश्रमले काम गरेर खानुपर्छ भन्ने बुझेका उनले निरन्तर खटेर सातु बनाउँछन् । सबै खाद्यवस्तु मेसिनमा हाल्नुअघि भुट्नुपर्छ । भुट्नका लागि आधुनिक सामग्री छैनन् । पराम्परागत होल्र्याङ्गे (मकै भुट्ने विशेषकिसिमको टिनबाट बनाइएको सामग्री) प्रयोग गर्नुपर्छ ।

हुन त उनले होल्र्याङ्गेको विकल्प नखोजेका पनि होइनन् । आधुनिक होल्र्याङ्गे किन्न भारतसम्म पनि पुगे । धेरै मूल्य पर्ने भएकाले अहिले पुरानै तरिकाबाट भुट्ने गरिएको छ । बिहानभर परिवारको सहयोगमा होल्र्याङ्गेमा मकै भुट्छन् । दिउँसो सातु बनाउँछन् । सातु बनाएपछि परिवारकै सहयोगमा प्याकेजिङ गरेरमात्र बजार पु¥याउनयोग्य हुन्छ ।

जितेन्द्रको बसाइ इलाम नगरपालिका–७ धोबीधारामा छ भने उद्योग ¬८ नम्बरमा रहेको छ । उद्योगबाट मासिक २० हजार हाराहारीमा नाफा हुने गरेको उनी बताउँछन् । ‘‘मुनाफा धेरै नभए पनि आफैं मालिक, आफैं श्रमिक भएर काम गर्दाको आनन्द नै ठूलो छ,’’ उनी भन्छन् । उद्योगका लागि मासिक दुई हजार घरभाडा बुझाउनुपर्छ । उनको उद्योगबाट ७०० ग्राम र ५०० ग्रामका सातुका प्याकेट उत्पादन गरिएको छ । ७०० ग्रामलाई २५० र ५०० ग्रामलाई २०० पर्छ । चिनीरहित सातु खानेलाई जडीबुटीजन्य सातु पनि पाइन्छ । यसमा जितेन्द्रले विभिन्न जडीबुटी मिसाइएको हुन्छ ।

आधुनिकतामा रमाइरहेको समाजसँग जुध्न त्यति सहज छैन । ग्रामीण भेगमा प्रयोग हुने सातुलाई सहरी क्षेत्रका बासिन्दाले त्यति रुचाउँदैनन् । आधुनिकताका नाममा तयारी खानेकुरामा रमाउने नयाँ पुस्तालाई सातुको महत्व बुझाउन उनी विभिन्न ठाउँमा पुग्ने गर्छन् । बिस्तारै सदरमुकामलगायत फिक्कल बजार, झापाको धुलाबारी बजारसम्म सातु पुग्न थालेको छ । अहिले उद्योगको बजारसँगै लगानी पनि बढेको छ । झन्डै १० लाख लगानी पुगेको उनी बताउँछन् । भविष्यमा आफ्नो व्यवसायले बिस्तारै बजार पाउनेमा उनी विश्वस्त छन् ।

यसैगरी, सालिन्दा वैशाख शुक्ल तृतीयामा सातु र सर्वत दान एवं सेवन गरी मनाइन्छ । शास्त्रीय विधानअनुसार सो दिन सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी संकल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्यकर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृतसमान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ । कोभिड–१९ को संक्रमण फैलिएका बेला सातु र सर्वतले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

“वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले सो दिनलाई अक्षय तृतीया भनिएको हो । ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ,” उनले भने ।

त्यस दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ । सत्ययुगमा अक्षय तृतीयाकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि लगन तथा साइत हेर्नु नपर्ने मान्यता छ । त्रेतायुगको प्रारम्भ पनि सोही दिनदेखि भएको शास्त्रीय वचन छ । सो दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।

प्रतिक्रिया दिनुहोस्