स्कुलमै मिल्छ साथी चेतनाको ज्योति


स्कुलमै मिल्छ साथी चेतनाको ज्योति
विद्यै रै’छ ठूलो धन विद्यै हीरा, मोती ।

बूढापाकाहरू भन्थे– पैसा हातको मैलो
विनाबुद्धि, विनाविवेक बेकार धनको थैलो,
विवेक मथौं संसार खुल्छ भाग्य कति–कति
विद्यै रै’छ ठूलो धन विद्यै हीरा, मोती ।

पैलो हरफ क, ख लेखौं दोस्रो एक, दुई, तीन
त्यही हरफ भाग्य बनी खुल्छ कुनै दिन,
हरफैमा पाइला राखौं पुग्न सधैं माथि
विद्यै रै’छ ठूलो धन विद्य हीरा, मोती ।

प्रतिक्रिया दिनुहोस्