३ महिनाको व्याजमा ३ प्रतिशत छुट



हलेसी (खोटाङ) । जनहित हलेसी बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीका कारण मर्कामा परेका ऋणीलाई व्याजमा छुट दिने भएको छ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी बजारको आफ्नै कार्यालयमा शनिबार बसेको बैठकले उसले ऋणीलाई व्याजमा ३ प्रतिशत छुट दिने भएको हो।

सहकारीले चैत, वैशाख र जेठको व्याजमा ३ प्रतिशत छुट दिने निर्णय गरेको छ । सहकारीको ११८ सेयर सदस्यसहित २३ हजार ५ सय ७० सेयर कित्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्