खुकुरीको शान बनी, चम्किरहन्छ भोजपुर


खुकुरीको शान बनी, सधैँ चम्किरहन्छ भोजपुर ।
टेम्के–अरूणको सीमा बाँधी, सधँै बाँचिरहन्छ भोजपुर ।

डाँडापाखा मलजल गर्छ, आत्मनिर्भर भई बाँच्छ ।
समानता र सहअस्तित्व राख्दै, विकासपथमा लम्किरहन्छ
पौरख गर्छ, पसिना बगाउँदै, स्वभिमानको गीत लेख्छ भोजपुर ।
टेम्के–अरूणको साँध बाँधी, सधैँ बाँचिरहन्छ भोजपुर
खुकुरीको शान बनी, सधैँ चम्किरहन्छ भोजपुर ।

सिलिचोङ भै संसार चिहाउँछ, पिखुवाझैँ निरन्तर बढ्छ ।
अन्याय अत्यचार कदापि सहँदैन, जनचेतनाको विगुल फुक्छ ।
युग–युगको साक्षी बन्दै, देशको गौरव बन्छ भोजपुर
टेम्के–अरूणको साँध बाँधी, सधैँ बाँचिरहन्छ भोजपुर ।
खुकुरीको शान बनी, सधैँ चम्किरहन्छ भोजपुर ।

प्रतिक्रिया दिनुहोस्