गाडीमा यात्रा गर्दा बान्ता हुन्छ भने यसो गर्नुस्



काठमाडौं । सवारीसाधनमा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिङ्गटा लाग्ने र बान्ता हुने समस्या हुन सक्छ । कतिपयलाई त बान्ता भएकै कारण बिरामी समेत हुन सक्छ । बस, ट्याक्सी तथा हवाईजहाज चढ्दा अधिकाश मानिस बान्ता गर्छन् । तर, कतिपयले भने सवारीसाधनको गन्धले नै बान्ता हुन सक्छ ।

यात्रा गर्दा शरीरका इन्द्रियले सन्तुलित ढंगबाट काम गर्न नसक्दा बान्ता हुन्छ । यात्रा गर्दा बान्ता हुनुलाई सिकनेस अर्थात यात्राजन्य बान्ता भनिन्छ । यो समस्या हरेक मानिमा फरक–फरक हुन्छ । कोही मानिस यात्रामा निस्कनसाथ बान्ता गर्न थाल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा समस्या देखापर्छ । बान्ता हुनु आफैंमा कष्टकर मानिन्छ ।

शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपनसमेत हराउँछ । तपाई यस्तो समस्या भोगिरनुभएको छ भने आफैंले केही घरेलु उपायबाट समस्या समाधान गर्न सक्नुहुन्छ ।

तर, कसरी ?

जेठीमधु : जेठीमधु मधुर र स्निग्ध गुणयुक्त हुने भएकाले आमाशयको अम्लता कम गर्छ । आमाशयको वायुलाई पनि कम गर्छ । अतः यात्रा गर्दा जेठीमधुका टुक्रा मुखमा राखेर चुसिरहनु फाइदाजनक मानिन्छ ।

ल्वाङ : ल्वाङ मुखमा राखी चुसेर यात्रा गर्दा बान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ ।

जामुन : जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीचबीचमा अलि–अलि रस पिउँदा पनि बान्ता हुँदैन । जामुनको फल फलफूलका रूपमा प्रयोग गर्दा फाइदा पुग्छ । जामुनको फल र यसका पातमा बान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ ।

काँचो आँप : काँचो आँपले खानामा रुचि लगाउँछ । खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले बान्ता रोक्ने काम गर्छ । यात्रा गर्दा आँपको पातको रस निकालेर बीच–बीचमा पिउने गर्नुपर्छ ।

यसो गर्दा बान्ता हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ । सोंफ सोंफले पनि बान्ता रोक्ने काममा मद्दत गर्छ । यात्राक्रममा मुखमा सोंफ राखेर चपाइरहँदा बान्ता हुँदैन ।

अदुवा : अदुवा आयुर्वेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ । साथै रुघाखोकी, अरूचि आदिमा पनि अदुवा प्रयोग गरिन्छ । दैनिक भान्सामा प्रयोग हुने अदुवामा बान्ता रोक्ने औषधीय गुण हुन्छ ।

यसरी यात्राक्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा बान्ता हुने समस्याबाट मुक्ति पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्